काठमाडौं । आज एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारसँग खेल्दैछ । आज कीर्तिपुरस्थित खेल मैदानमा हुने खेलमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुन लागेको हो ।
समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेल कतारसँग खेल्दैछ । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अक बाडेको थियो । यससँगै नेपाल सेमीफाइनलमा गएको थियो ।


