काठमाडौं। एसीएसी प्रिमियर कपमा नेपालले कतारलाई हराएको छ। विहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो।
१५८ रन पछ्याएको कतार २५।१ ओभरमा ८९ रनमा अलआउट भयो। कतारको लागि जहिर इब्राहिम र खुर्रम शाहजादले १५–१५ रन जोडे। कतारलाई प्याक गर्न नेपालका सन्दीप लामिछानेले ५, सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपाल ४०।३ ओभरमा १५७ रनमा अलआउट भयो। २७।६ ओभरमा गुल्सन झा ७ रनमा आउट भएसँगै नेपाल संकटमा आएको थियो। २८ ओभरमा सन्दीप लामिछानेलाई साथ दिन ललित राजवंशीको पिचमा आएसँगै ब्याटिङमा आशा पलाएको थियो।


