काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमा नेपाललाई कुवेतले ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रनमात्रै बनाउन सक्यो ।
कुवेतलाई सस्तोमा रोक्न सीता रानामगरले ह्याट्रिक विकेट लिइन् । रुविना क्षेत्री र कविता कुँवरले समान २–२ विकेट लिए ।
कुवेतकी शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३–१३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।