काठमाडौं । केही समयअघि मात्र काठमाडौं आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतल निवासमा वार्ता भएको छ ।
अहिले कतारी अमिरले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरिरहेका छन् । राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्दै छन् ।
यस अघि त्रिभुवन विमानस्थलमा कतारी अमिर थानीलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।


