काठमाडौं। नेपाल वायुसेवा निगमका केही कर्मचारी संगठनले संस्था डुबाउन लागेको भन्दै कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस समर्थित वायुसेवा निगम कर्मचारी संघले राष्ट्रिय ध्वजावाहक संस्था डुबाउन खोजेको भन्दै अधिकारीलाई प्रवेशमा रोक लगाए पनि अधिकारी प्रहरीको सहयोगमा कार्यालय प्रवेश गरेका थिए।
संस्था डुबाउने कार्यकारी अध्यक्षले वाहिरको गुण्डा र प्रहरी प्रयोग गरेर कार्यालय प्रवेश गरेको संघका अध्यक्ष मानबहादुर कुँवरले बताए ।


