काठमाडौं । आज देशभर मौसम बदली हुने जल तथा मौसम विभागले जनाएको छ । आज प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने र तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने विभागको भनाइ छ।
विभागका अनुसार आज मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा रहने छ। उच्च पहाडी भूभागमा हल्का हिमपात जारी रहने छ।
त्यस्तै, भोलि बुधबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र प्रदेश १ को उच्च पहाडी भूभागमा हिमपात हुनेछ।


