काठमाडौं । कोशी प्रदेशमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।
कोशीमा कांग्रेस संस्थापनइतर समुहका नेता शेखर कोइराला पक्षले विद्रोह गरी नेकपा एमालेसँग मिलेर सरकार बनाएपछि पार्टीभित्र असन्तुष्टि मच्चिएको छ ।
उनले आज ४ बजे आफ्नै निवास धम्बाराही पार्टी उपसभापति र महामन्त्रीहरुलाई बोलाएका हुन् ।


