काठमाडौं। काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा जितेन्द्र बस्नेत नियुक्त भएका छन्।
गृह मन्त्रालयले यसअघि गृहको सहसचिव एवं शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रवक्तासमेत रहेका बस्नेतलाई काठमाडौंको सिडिओ बनाएको हो।
अहिलेका सिडिओ घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको सिडिओमा पठाएको हो।
यसअघि बस्नेत राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक, गोरखा, चितवन, पर्साका प्रमुख जिल्ला अधिकारी भइसकेका छन्।
उनी सुदूरपश्चिम प्रदेश सचिवालय, प्रधानमन्त्री कार्यालय र भुकम्प प्राधिकरण कार्यालयमा समेत रहिसकेका छन्।


