काठमाडौं । कामीरिता शेर्पाले २८ औं पटक सगरमाथा आरोहण गरेका छन्। उनले मंगलबार बिहान साढे ८ बजे २८ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन्।
उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिले सगरमाथा आरोहण सम्पन्न भएको जानकारी गराएको छ। सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले आफ्नो कीर्तिमानी बराबरी गरेपछि कामीरिताले आफ्नो नाममको विश्व रेकर्ड कायर्म राख्न अर्को पटक पनि सगरमाथा आरोहण गरेका हुन्।
५४ वर्षको उमेरमा २८ औं पटक सगरमाथा आरोहण गरेका उनी पहिलोपटक आरोहण गर्दा २४ वर्षका थिए।


