काठमाडौं । सर्वोच्चले आदेश दिएसँगै कोशी प्रदेश प्रमुखले दुई वा दुईभन्दा धेरै दलको सहभागितमा नयाँ सरकार निर्माणका लागि ५ दिनको समयसीमा दिएका छन् ।
सर्वोच्च अदालतको बिहीबारको आदेशअनुसार असार २१ मा मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारका लागि आह्वान गरेका हुन्।
‘नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति साउन गते मंगलबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले आह्वान गर्नुभएको छ’, प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले भनेका छन्।


