काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । क्यानले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।
एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा अगस्ट ३० देखि सेप्टेम्बर १७ (भदौ १३ देखि ३१) सम्म आयोजना हुनेछ। नेपाल भारत र पाकिस्तान रहेको समूह एमा छ । नेपालले पहिलो खेल पाकिस्तानसँग उसकै मैदान मुल्तानमा अगष्ट ३१ मा खेल्नेछ ।


