काठमाडौं । अनियमितताको आरेप लगाउँदै खानेपानी मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया तत्कालका लागि रद्द गरेको छ ।
केयूकेएल सञ्चालक समिति सदस्यहरूअनियमिततामा मुछिएको आरोप लागेपछि खानेपानी मन्त्रालयले तत्कालका लागि प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । सीईओ नियुक्ति प्रक्रिया जारी रहँदा पदाधिकारीमाथि ‘एडभान्स’ घुस लिएको आरोप छ ।
खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्न गठित छनोट सिफारिस समितिले आवश्यक बहुमत सदस्य नभई छनोट प्रक्रिया सुरु गरेर आठ जनाको ‘सर्ट लिस्ट’ तयार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।


