काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो सरकारले अर्थतन्त्रको विकास गर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले आज भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । । उनले भने, ‘गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ, उनले भने, ‘यो सरकार पूर्ण रुपमा जान्छ र अर्थतन्त्रको विकासमा यो सरकारले काम गर्छ ।’
महानगरको पर्यटन वर्ष उद्घाटनको कार्यक्रममा चार पूर्व प्रधानमन्त्रीले राजनीतिक कुरा नबोलेपनि देउवाले भने गठबन्धन सरकार निरन्तर अघि बढ्ने बताए । उनले पर्यटन र अर्थतन्त्र सुधारको काममा सरकारले पूर्णरुपमा काम गर्ने प्रतिवद्दता कार्यक्रममा नै जनाएका थिए ।


