काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिकाका दुईजना कर्मचारी ५ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् ।
बुधबार बिहान अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीको टोलीलेगाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादवलाई घुससहित पक्राउ गरेको हो।
उनीहरुलाई सप्तरी सदरमुकाम राजविराज नगरपालिका–३, त्रिभुवन चोकबाट घुससहित पक्राउ गरेर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ।
सोलार बत्ती जडानसहितका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयको टोलीले उनीहरुलाई घुसबापत लिइसकेको चेकसहित पक्राउ गरेको हो।


