काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवहरुको सरुवा गरेको छ ।सरुवाका सूची अनुसार ४ उपसचिवलाई अध्यागमनमा खटाइएको छ भने २ जना अध्यागनबाट गृह मन्त्रालयमा तानिएको छ । यस्तै एक उपसचिवलाई इलाका प्रशासन कार्यालयमा खटाइएको भने एकको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणमा पदस्थापन गरिएको छ ।
सरुवाको सूची अनुसार विजया कुमारी प्रसाईलाई इलाका प्रशासन कार्यालय साँखुमा पठाइएको छ भने सीता परियारलाई इलाका प्रशासन कार्यालय साँखुबाट गृहबाट अध्यागमन कार्यालय त्रिअबीमा पठाइएको छ ।



