काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ छाती दुखेपछिअस्पतालमा भर्ना भएका छन् ।
गएको सोमबार गृहमन्त्री श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका हुन् । उनी बुधबार बीआरएफको उद्घाटन समारोहमा सहभागी भएका थिए ।


