काठमाडौं । सेवक नेपालले काभ्रेको मण्डनमा चन्दा संकलनवाटै ढेड करोडको ‘सेवक नेपाल बाल गृह’ बालगृह भवन निर्माण गरेको छ । भवन निर्माण र वालबालिकको खाना, वसोवास र अध्ययनका लागि बिभिन्न दातृनिकायले सहयोग गरेका छन् , जसमा दुई लाख रुपैयाँदेखि हजाररुपैयाँसम्म दान दिने व्यक्तिहरु छन् । । अहिले यहाँ २६ वालबालिका आश्रय लिएर अध्ययन गरिरहेका छन्
संस्था दर्ता भए पश्चात अनेकन परोपकारी कार्य गर्दै बालगृह सञ्चालनको लागि जग्गा खरिद तथा जग्गामा भवन निर्माणको शिलान्यास गरी कार्य अघि बढाइएको थियो । कार्यसमितिले जिम्मेवारी पाएको पहिलो बैठकबाट अभिभावक बिहिन बालबालिककाहरुलाई संस्थाको आफ्नै जग्गामा बालगृह भवन निर्माण गरी संरक्षण दिने उद्देश्यले बालगृह भवन निर्माण कार्य शुरु गरिएको भवन निर्माण संयोजक केशव सापकोटाले जानकारी दिए ।
सापकोटाको संयोजकत्वमा उप–संयोजक श्रीराम क्षेत्री, सदस्यहरू देबलाल तिमल्सिना र राजकुमार गौतमको समिति बनेको थियो ।
भवन निर्माणको कार्य तत्काल प्रारम्भ गरी नेपाल सरकारको खरिद ऐन २०६३ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा भवन निर्माण सामाग्री र भवन निर्माण ज्यालाको छुट्टा–छुट्टै टेण्डर गरिएको र मार्फत पारदर्शी ढंगबाट गरी उक्त टेण्डरहरुलाई सारभूत रुपमा प्रभावकारी रहेको सबैभन्दा कम दर, रेट, मूल्य प्रस्ताब गर्ने कम्पनी तथा संस्था मार्फत बालगृह भवन निर्माण कार्य शुरू गरिएको सापकोटाको भनाई छ ।
भवन निर्माण शुरू गर्दा सेवक नेपाल संस्थासँग भवन निर्माण गर्न पर्याप्त रकम थिएन । बर्तमान कार्य समिति तथा देशबिदेशमा रहनु भएका सम्पूर्ण अभियन्ताहरूको अदम्य शाहस र सकृयताको साथै सहयोगले बालगृह भवन निर्माण कार्य सम्पन्न भएको छ ।
देश विदेशबाट भवन निर्माण सहयोगको अभियान सञ्चालन गर्नु हुने केशव सापकोटा , संस्थाका अध्यक्ष यज्ञप्रसाद चौलागाई, उपाध्यक्ष गोविन्द गौतम, महासचिव काशीनाथ रिमाल, कोषाध्यक्ष बुद्धप्रसाद गौतमलगायत देबलाल तिमल्सिना तिर्थकुमारी राई शिव भट्ट, श्री केशब भण्डारी, बुद्धिबहादुर शिवभक्ती तोयानाथ चौलागाई गंगादेवी पौडेल रबि तिमल्सिना नवराज तिवारी,तेजप्रसाद चौलागाई, रामदत्त जोशी रमेश श्रेष्ठ हरिशरण न्यौपाने,समिर चौलागाई, लगायतको बिशेष योगदान रहेको छ ।
निर्माणमा सहयोगी दाताहरुको नामावली सेवक नेपालको कार्यालयमा राखिएको छ । उक्त तीन तल्लाको मुख्य भवन, २ तल्लाको प्रशासनिक भवन, किचेन स्टोर, खेल मैदान सम्पूर्ण संरचनामा तारबार लगाई २०८० साल जेठ २७ गते प्रतिनिधिसभाका उपसभामुखबाट बालगृह भवन उद्घाटन हुने भएको छ ।
ः


