काठमाडौं । आज बिहान बसेको शीर्ष नेताहरुको बैठकमा पशुपतिनाथको जलहरीका विषयमा उठेको विषयमा सहमति भएको छ ।
पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादको विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्वोधन गर्ने सहमति भएको छ ।
सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए ।
“सरकारको काम बजेट छुट्याइदिने मात्रै हो । भ्रम सिर्जना हुने गरी आधारहीन अभिव्यक्ति दिनु गलत भएको भनेर संसदमा संबोधन गर्नुहुन्छ । यसबारेमा आरोप लगाउनुभएका माननीयको अभिव्यक्ति रेकर्डबाट हटाइने सहमति भएको छ,” उनले भने ।


