काठमाडौं । संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ।
समितिको शुक्रबार बसेको बैठकले उपसमिति गठन गरेको हो। उपसमितिमा कांग्रेस र एमालेका दुई–दुई र ८ दलका एक–एक सदस्य छन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सरकारले २५ फागुन २०७९ मा संसद् दर्ता गरेको थियो।
उपसमितिलाई तीन साता समय दिइएको छ। उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रेमश लेखक, जीवन परियार, सुशील थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर रहेका छन्।


