काठमाडौं । क्रान्तिकारी युवा संगठन नेपालले दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झालाई कालोमसो दलेका छन् ।
झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमा पुगेर कालोमोसो दलिएको बताए । कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ ।


