काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव इन्जिनियर हरिप्रसाद पाण्डेय र लेखापाल मलिम रावतविरुद्ध मुद्दा दर्ता गरेको छ ।
त्यस्तै महावै वडा नं ३ का तत्कालीन वडा अध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले, सचिव दधि कामीले पनि सडक निर्माणका क्रममा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको भन्दै मुद्दा दर्ता गरिएको छ ।
उनीहरूले कालिकोटको सिमखेतदेखि पदमघाटसम्म उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा सम्झौता अनुसारको मापदण्ड पूरा नगरेको अख्तियारको ठहर छ ।


