काठमाडौं । सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । हिजोको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।
घिमिरे हाल चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा रहेको बढुवा समितिले सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवहरुको नाम सिफारिस गरेको थियो ।
सचिव भएका घिमिरेले यसअघि उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालय, प्रधामनन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतमा सहसचिवका रुपमा काम गरेका थिए ।


