काठमाडौं । राम्रो काम गर्न नसकेको भन्दै गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको जिम्मेवारी खोसेका हुन् ।
मिटरब्याज प्रकरणका कारण सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई मन्त्रालय तानेर गृह मन्त्रालयमा कार्यरत बासुदेव दाहाललाई सिराहाको जिम्मेवारी दिइएको छ।
यसैगरी नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई पनि मन्त्रालयमा तानेर सहसचिव रामकृष्ण अधिकारीलाईलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन्। अधिकारी मन्त्रालयमा कार्यरत थिए ।


