काठमाडौं । पूर्व गुहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै प्रकारको संलग्नता रहेको प्रस्टीकरण दिएका छन् ।
सो प्रकरणमा मुछिएर पक्राउसमेत परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले खाँणको समेत नाम लिएको भनेर समाचार सार्वजनिक भएको थियो। खाँण गृहमन्त्री भएका बेलामा पाण्डेलाई गृहसचिव बनाएका थिए।
शनिबार एक वक्तव्य सार्वजनिक गर्दै खाँणले व्यक्तिगत चरित्रहत्या हुने समाचार प्रकाशित नगर्न भनेका छन्।


