काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणमा नेपालले आज जोर्डनसँग खेल्दैछ ।
समूह ‘एच’मा रहेको नेपाल र जोर्डनबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो ।
नेपालले समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गर्न जोर्डनलाई हराउनैपर्नेछ । इरान र जोर्डनबीच हुने अन्तिम खेलमा पनि नेपालको अनुकूल नतिजा आउनुपर्नेछ । बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ । समूह चरणको खेलपछि धेरै अंक जोड्ने टोली समूह विजेता बन्दै छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।


