काठमाडौं । आजदेखि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्यु गिनी (पीएनजी) सम्मिलित शृङ्खला यूएईमा सुरु हुँदैछ।
शृङ्खलाको पहिलो खेलमा नेपालले आज पीएनजीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने १२ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेल जितेर उच्च मनोबलका साथ नेपाली टोली यूएई पुगेको छ । त्यही लय कायम राख्दै सुखद नतिजा ल्याउने विश्वकपमा नेपाली टिम छ ।
नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला हुन लागेको यो दोस्रो पटक हो । यसअघि गत वर्ष मार्चमा यूएईमै यी तीन टोलीबीच शृङ्खला भएको थियो ।


