काठमाडौं । नेपाली सेनाले ३ सयभन्दा धेरै कर्मचारी माग गरेको छ । सेनाले प्राविधिकरहवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार गरी ३१९ जना सैनिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना प्रकाशित प्राविधिक तर्फ ३१९ जना सैनिक कर्मचारी मागेको हो।
सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टल, ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ नयाँ कर्मचारी भर्ना गर्न लागिएको जनाएको छ।


