काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको छ।
पहिले फिल्टिङ गरेको नेपालले जितका लागि १४६ रनको लक्ष्य पाएको थियो। ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
सामान्य लक्ष्य पछ्याएको नेपाल १४० रनमा अलआउट हुन पुग्यो। ओपनर ब्याटर कुशल भुर्तेल २६ बाहेक कसैले पनि उल्लेख रन बनाउन सकेनन्।
सोमपाल कामी, सन्दीप जोरा र क्याप्टेन रोहित पौडेल १२–१२ रन बनाएर आउट भए भए कुशल मल्लले १० रन मात्र बनाउन सके।
सातौं नम्बरमा आएका विवेक यादवले २४ बलमा ३९ रन बनाए पनि अन्तिम बलमा छक्का हान्न नसक्दा नेपालले खेल गुमाउन पुग्यो।
