काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट परिणाम देखिने गरी काम गरेर देखाउने कर्मचारीलाई निर्देशन दिएका छन् ।
उनले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा यस्तो निर्देशन दिएका हुन् ।
‘बदलिएको परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालय र सिंगो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,’ प्रधानमन्त्रीले भने, ‘विगतको कार्यक्रमकै वरिपरि हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ ।’


