काठमाडौं । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु असंसदीय अभ्यास भएको निष्कर्ष निकालेको छ ।
यसैगरी बैठकले सदनमा निष्क्रिय अवस्थामा रहेको मिटरब्याज समस्या समाधानका लागि बनेको विधेयक पनि अघि बढाउने निर्णय गरेको छ।
मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्न ल्याइएको उक्त विधेयकलाई नियमित प्रक्रियाअनुसार अघि बढाउने र गठित छानबिन समिति पनि कायम राख्ने सहमति भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका सहभागी थिए।


