काठमाडौं । आज फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७ अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज यमनसँग खेल्दै छ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजे सुरु हुनेछ।
नेपालले यसअघि साँझको खेल साढे ५ बजे खेल्ने गरेको थियो। टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेको आग्रहमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल साँझ ७ बजेका लागि तय गरेको हो।


