काठमाडौं । नेपाल उद्योग परिसंघ ले समग्र बजारको माग खस्किँदै गएको बताएको छ ।
सीएनआईको सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा गत आर्थिक वर्षको तुलनामा थप १२.०६ प्रतिशतले घटेको देखिएको छ । अघिल्लो वर्ष समग्र बजार मागमा २८.२८ प्रतिशतले ह्रास आएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०८१ मा उद्योगहरूको समग्र माग कूल ३६.९३ प्रतिशतले खुम्चिन पुगेको छ ।


