काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बाढी–पहिरो पीडितलाई उद्धार र राहतको प्रबन्ध गर्न निर्देशन दिएका छन् । उनले आज देशभरका बाढी–पहिरो र क्षतिको विवरणबारे जानकारी लिँदै तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
मन्त्री खाँणले मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका(२९ केराबारीमा गएको पहिरोले भएको सडक अवरोध र इच्छाकामनामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएका छन् ।
त्यसक्रममा मन्त्री खाँणले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, म्याग्दीका प्रहरी प्रमुख नायब उपरीक्षक तिलक भारतीलगायतलाई बाढी(पहिरोपीडितको उद्धार र राहतको व्यवस्था गर्न निर्देशन गरेका छन् ।


