काठमाडौं । केही समय अगाडि सुरु भएको बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् ।
पछिल्लो नतिजा अनुसार यादवले २२४ मतसहित अग्रता लिएका छन् । त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


