काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई जना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटना सामान्य नभएको बताएका गरेका छन् । उनले सोमबार सत्ता साझेदार दल नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले भने, ‘केही चीज गम्भीर लागेको छ। यो सामान्य छैन। दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ। इपीएसमा जे–जस्ता गतिविधि भएका छन्। गाडी जलाउने गतिविधि छ। चिज त्यस्तो छैन जस्तो देखिएको छ।’
प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनालाई लिएर मन्त्रीलाई गाडीमै जलाउनुपर्थ्यो भन्ने जस्ता र प्रमुख पार्टीका नेताहरूलाई लक्षित गरेर गरिएका टिप्पणी अस्वाभाविक रहेको बताए ।


