काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर निर्धारण गरेको छ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७४ पैसा कायम गरिएको छ भने एक युरोको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १५ पैसा निर्धारण भएको छ।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७० रुपैयाँ ४९ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा थियो।


