काठमाडौं । नेपाल भलिबल संघले हरिहजुर थापालाई कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै बर्खास्त गरेको छ ।
सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले भलिबल संघले कप्तान पदबाट हटाएको हो ।
सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । संघका अनुसार घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा थापालाई कप्तानबाट हटाएको हो ।


