काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिक महत्त्वपूर्ण सम्पत्ति भएको बताएका छन् । उनले आइतबार भूतपूर्व सैनिक सम्मेलनमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सो अवसरमा नेपाली सेनाका सकलदर्जाको रगत र पसिनाबाट आर्जित कल्याणकारी कोषको रकमबाट बहालवाला तथा अवकाश प्राप्त सैनिक व्यक्तिहरूको बृहत्तर हितका निमित्त कल्याणकारी सेवाको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने नीति अनुरूप शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका क्षेत्र विस्तार गरी कार्यान्वयन गर्ने प्रयास भइरहेको शर्माले जानकारी गराएका थिए । उनले हिताधिकारीको सेवा सुविधा विस्तारको लागि नयाँ नयाँ कार्यक्रमहरू समावेश गरेर मात्र नपुग्ने, त्यसका लागि सबै जना जिम्मेवार, जागरूक, लगनशील र उद्यमशील हुनुपर्ने कुरामा जोड दिए ।


