काठमाडौं । क्रान्तिकारी युवा संघ नेपालका कार्यकर्ताले बुधबार दिउँसो भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुर प्रसाद खनाललाई कार्यकक्षमै कालोमोसो दलेका छन् । ।
मोहन वैद्य निकट युवा नेताहरूले बबरमहलस्थित खनालको कार्यकक्षमा प्रवेश गरी ‘केही काम नगर्ने र सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मिलेमतो गर्ने’भन्दै मोसो दलेका थिए। कालोमोसो दल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कटारी(६ उदयपुर घर भई काठमाडौंको लाजिम्पाट बस्ने भीमबहादुर सार्की र प्युठान घर भई कुपन्डोल बस्ने किशोर कुँवर छन्।


