काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न सुझाव दिएका छन्।
उनले नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा यस्तो सुझाव दिएका हुन् ।
मदन भण्डारीको रहस्यमय ढंगले हत्या भएको भन्दै उनले हत्यारा खोज्न कसले रोकेको छ भन्दै ? प्रश्न समेत गरे। त्यस्तै सभापति देउवाले मुलुकको व्यवस्थाको सुदृढ गर्दै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने सबैको जिम्मेवारी भएको भन्दै दलहरुबीच सहमतिका साथ अघि बढ्नुपर्ने बताए । संसदमा प्रतिपक्षीले उठाएका विषयहरूलाई सरकारले गम्भीरतापूर्वक र सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने उनले बताए।


