काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलाहरुले नै आफ्नो पार्टीलाई जोगाएको बताएका छन्
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले शुक्रबार अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरेक परिवर्तनमा ठूलो योगदान गरेका बताए।
‘महिलाहरूले असाधारण योगदान गरेका छन्, असाधारण त्याग र बलिदान गरेका छन्’, उनले भने।


