काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठकले आगामी साउन १७ गते सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।
यसअघि हिजो बसेको बैठमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटाली भ्रमण र उपाध्यक्ष पम्फा भुसालले भारत भ्रमणबारे ब्रिफिङ गरेका थिए ।
केही दिन अघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो ।


