काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५४ पैसा र विक्रिदर १४४ रुपैयाँ २० पैसा रहेको छ। त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९९ पैसा र विक्रिदर ८६ रुपैयाँ ३८ पैसा रहेको बैंकले जनाएको छ।


