काठमाडौं । प्रधानमन्त्री तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन पाँच वर्षसम्म चल्ने बताएका छन्।
उनले सोमबार हुने विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै दलीय गठबन्धननै चल्ने बताएका हुन्।
पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने,’ पाँचवर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनूहोस्।’
मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवने, कपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


