काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमाउ अड्डा बस्दै आएका २४ जना अधिकृतहरुलाई एकैपटक उपत्यका बाहिर सरुवा गरेका छन् । यसरी सरुवामा पर्नेहरुमध्ये अध्यागमन विभाग वा त्यस अन्तर्गतबाट १४ जना रहेका छन् । यसका साथै यस्तै गृह मन्त्रालय वा अन्तर्गत रहेका ५ अधिकृतहरु सरुवामा परेका छन् ।

यसैगरी जिल्ला प्रशासन कार्यालय बाँकेबाट १ जना, जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट १ जना, जिल्ला कारागार कार्यालय झापाबाट १ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणबाट १ राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट १ जना अधिकृत पनि सरुवामा परेका छन् ।

यस अघि बालकृष्ण खाँण गृहमन्त्री र टेकनारायण पाण्डे सचिव हुँदा गृहको कर्मचारी प्रशासनसँग सेटिङ त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागमा पुगेका अधिकृतहरुलाई काठामाडौं उपत्यका बाहिर खटाइएको हो ।



