काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज सोलुखुम्बु र पोखराको भ्रमण गर्ने भएका छन् ।
उनले जलवायु परिवर्तनले हिमाली भूभागमा पारेको असर बुझ्न उच्च हिमाली क्षेत्रको भ्रमण गर्न लागेका हुन् ।
सोलुखुम्बुबाट फर्किएपछि गुटेरेस ललितपुरको यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् भने त्यसपछि पोखरा जाने कार्यक्रम रहेको छ । आज पोखरामै बस्ने गुटेरेस भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरामा पत्रकार सम्मेलन गरी भोलि नै गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ ।


