काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु युगले खोजे अनुसारको विकल्प दिन आएको बताएका छन् । उनले मंगलबार रास्वपाद्वारा आयोजित नीति मन्थन कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले भने, ‘राजनीतिलाई व्यवसायजस्तो बनाइएको छ । त्यसलाई मुक्ति दिएर नयाँ पुस्ताको चाहना र नयाँ चुनौतिलाई सामना गर्नको लागि हामी आएको हौं । हामी ढिलोजन्मेकोे कारणले हामी नयाँ भनेका होइनौं । धेरै राजनीतिक दलका दलका नेताहरुले टिप्पणी गर्दा हिजो हिजो भर्खरी आए भनिराखेका छन् हामी ढिलो जन्मेका र अस्ति मात्रै पार्टी दर्ता भएको आधारमा नयाँ भनेका होइनौं । नयाँ भनेका युग र संसारले खोजेको नयाँ हो ।’
आफूलाई स्वाद परेअनुसारको छिमेकी देशलाई गाली गर्नुलाई राष्ट्रियता मान्न नहुने बताए ।


