काठमाडौं । आज बसेको लगानी बोर्ड बैठकले ४ जलविद्युत परियोजनाका लागि ३५ अर्बको लगानी स्वीकृत गरेको छ ।
यसरी लगानी स्वीकृत भएका परियोजनाहरुमा २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत परियोजनाका लागि ७ अर्ब ९२ करोड, ६३ मेगावाट छुजुङ खोला जलविद्युत परियोजना अनुमानित लागत ९ अर्ब ६८ करोड, ४९।९५ मेगावाटको दानाखोला जलविद्युत परियोजनाका लागि अनुमानित लागत ९ अर्ब ६८ करोड, सानीभेरी जलविद्युत परियोजना ४४ दशमलव ५२ मेगावाट ९ अर्ब ४६ करोड रहेको छ ।
बैठकले दाङ राजपुर गाउँपालिकामा प्रस्तावित २४५ मेगावाट र २० मेगावाट क्षमतको सौर्य ऊर्जा अध्ययन अनुमति प्रदान गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले बताए ।


