काठमाडौं । । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविरमा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेको उनले पार्टीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताएका हुन् ।
विगतमा भट्टराईले लडाकु शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने पत्रकारको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निकर्षमा पुर्याउनुपर्ने बताए ।


