काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ २७३ कर्मचारी माग गरेको छ।
आयोगले न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण गरी दुई सय ७३ जना माग गरेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी मागेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी पुस १७ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।
दोब्बर दस्तुर तिरेर पुस २४ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । आवेदक २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ।


